राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा बढेको छः प्रधानमन्त्री ‘प्रचण्ड’ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा बढेको छः प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा कायम रहेको बताएका छन् ।

आज समाजवादी शैक्षिक मञ्च, नेपालको उद्घाटनमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

अहिलेको राजनीतिक परिस्थिति वा शान्ति प्रक्रियामा प्रवेश गरेपछि राजनीतिक, वैचारिक वर्ग संघर्षहरू सबैलाई विश्लेषण गर्दा राष्ट्रिय स्वाधीनता दुर्घटनामा पर्ने खतरा देखिएको उनले बताए ।

देश समाजवादी गणतन्त्रतिर अघि बढ्ने हो कि फेरि निरंकुशतातिर त्यो निश्चित नभएको उनको भनाइ छ देशमा दलालहरूको गतिविधी दिनप्रति दिन बढिरहेको उनले बताए ।

ठूलो र पेचिलो बहस र संघर्षपछि संविधानमा अबको राज्य समाजवादउन्मुख राज्य हुन्छ भन्नेसम्म लेख्न सफल भएको भन्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै समाजवादतिरको यात्रामा अघि बढिरहेको उल्लेख गरे ।

शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरू जनताको मौलिक अधिकार हुने कुरा संविधानको मौलिक अधिकारको प्रावधानमा राखिएको पनि अहिले त्यो नरहेको उनले बताए ।

उक्त कुरा आफैँमा महत्वपूर्ण कुरा भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले सुशासन, सामाजिक न्याय र समृद्धिको हुँदै समाजवादतिरको यात्रा गर्ने कुरामा केन्द्रित रहेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले अहिले पनि एउटा पक्ष समाजवादको वातावरण बनाउन लडिरहेको र अर्को पक्ष संघीयता, गणतन्त्रविरुद्धमा लडिरहेको बताए ।

नयाँ राजनीति परिवेशमा समावेशी, समानुपातिकता ठीक नभएको बताउँदै पुरानै दिशातर्फ ढल्किरहेको बताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ७, १५: २४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ७, १५: २४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ७, १५: २४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...