
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल भइसकेका व्यक्तिलाई त्रिविको उपकुलपति बनाउन लागेको आरोप लगाएका छन् ।
एमाले निकट राष्ट्रसेवक सहकारीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले उपकुलपतिमा भागबन्डा नगरी एकलौटी गर्न लागेको ओलीले टिप्पणी गरे ।
‘असफलसिद्ध मान्छेहरुको छनोट गर्ने, अहिले त्रिविको उपकुलपतिमा तीन जना सिफारिस भएको छ क्यार १ तीन जनामा तेस्रो चाहिँ नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाई छाँटकाट हेर्दा । किनभने धेरै असफल भएको मान्छे चाहियो नि ।’ ओलीले भने ।
शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समितिले उपकुलपतिमा चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस गरेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...