कांग्रेस महासमिति बैठकमा भोलि चारवटा प्रतिवेदन पेस हुँदै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेस महासमिति बैठकमा भोलि चारवटा प्रतिवेदन पेस हुँदै

काठमाडौं । सोमबारदेखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा प्रतिवेदनहरु मंगलबार मात्रै पेस गरिने भएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा चारवटा प्रतिवेदन छलफलका लागि पेस हुने जानकारी दिए ।

पाँचवटा प्रस्तावमध्ये मंगलबार चारवटा प्रतिवेदन हुने भएको छ भने अर्कोको मिति तोकिएको छैन ।

मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामायिक र अर्थमन्त्री डा। प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्नेछन् ।

लेखा संयोजक श्याम घिमिरेको लेखा प्रतिवेदन पेस गरिने समयबारे यकिन भएको छैन ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ७, १६: २३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ७, १६: २३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ७, १६: २३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...