
काठमाडौं । नेपाल ए ले क्यानडा–११ विरुद्धको दोस्रो खेलमा टस जितेको छ ।
नेपाल ए टिमका लागि आजको खेलमा कप्तानी गरिरहेका सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
योसँगै मुलपानी क्रिकेट मैदानमा हुने यस खेलमा क्यानडा–११ ले पहिला ब्याटिंग गर्ने भएको छ ।
आजको खेलमा कप्तान विनोद भण्डारीको ठाउमा सन्दीप जोराले कप्तानी गरेका छन् ।
भण्डारी विरामी भएका कारण जोरालाई आज कप्तानीको जिम्मेवारी दिइएको हो ।
त्यस्तै आज विनोद भण्डारी र प्रतिस जिसीको ठाउमा शेर मल्ल र रिजन ढकाललाई टिममा समावेश गरिएको छ ।
यस अघि आइतबार सम्पन्न पहिलो खेलमा क्यानडा–११ ४ विकेटले विजयी भएको थियो ।
यस खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्ला र प्रदेश फेसबुक पेजबाट गरिएको छ ।
नेपालको प्लेइङ– ११ मा सन्दीप जोरा (कप्तान), अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र रिजन ढकाल ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...