कांग्रेस महासमिति बैठकमा उपसभापति खड्काले नीति प्रतिवेदन प्रस्तुत गर्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेस महासमिति बैठकमा उपसभापति खड्काले नीति प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ ।

बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले नीति प्रतिवेदन प्रस्तुत गर्दै छन् ।

महामन्त्री गगनकुमार थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा चुनावअघि गठबन्धन नगर्ने उल्लेख गरेकोमा सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका नेताहरू नै असन्तुष्ट थिए ।

सोही कारण बैठकको तालिका बिथोलिएकोमा कांग्रेसका शीर्ष नेताहरुबीच उक्त प्रतिवेदनमा आंशिक संशोधन गर्ने सहमति जुटेपछि महासमिति बैठक अघि बढ्ने बताइएको थियो ।

आगामी चुनावमा आफ्नै तागतमा एक्लै लड्ने संकल्प गर्ने उल्लेख गरेर महामन्त्री थापाको प्रतिवेदन परिमार्जन गर्न कांग्रेस नेताहरु सहमत भएका हुन् ।

महामन्त्री थापाको प्रतिवेदनलाई गएराति नै टुंगो लगाइएको छ ।

सहमतिपश्चात बैठक आज बिहान ९ बजे सुरु हुने बताइए पनि सदस्यहरू समयमै आई नपुगेकाले ढिलो गरी भर्खरै सुरु भएको हो ।

महासमिति बैठकमा आज सबै प्रतिवेदन पेस हुने र छलफल सुरु हुने कांग्रेसले जनाएको छ ।

पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आज महासमिति बैठकमा नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रतिवेदनमाथि समूहगत छलफल हुने जानकारी दिए ।

आज बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदनका साथसाथै, महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदन पेस हुने छ ।

त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेको लेखा प्रतिवेदन पनि पेस हुनेछ ।

सभापति शेरबहादुर देउवाले हिजो ललितपुरको गोदावरीमा उद्‍घाटन गरेपछि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्ने छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ८, ११: ४४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन ८, ११: ४४

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ८, ११: ४४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...