
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच गठबन्धन सरकारलाई निरन्तरता दिने विषयमा सहमति जुटेको छ ।
सभापति देउवाले गठबन्धन सरकारलाई निरन्तरता दिने विषयमा सहमति जुटाउन सोमबार साँझ सभापति निवास बुढानिलकण्ठमा शिर्ष नेताहरु बैठकमा बोलाएका थिए ।
महामन्त्री थापाले कांग्रेस महासमिति बैठकमा कांग्रेसले गठबन्ध नगरि निर्वाचनमा जानुपर्ने भएकाले वर्तमान गठबन्धलाई त्यागेर कांग्रेस अघि बढ्नुपर्ने भन्दै प्रतिवेदन पेश गर्ने तयारी गरेका थिए ।
सभापति देउवाले महामन्त्री थापाको प्रतिवेदनमाथि असन्तुष्टि जनाउँदै उक्त प्रतिवेदनको बुँदा हटाउन आग्रह गरेपनि महामन्त्री थापा आफ्नै अडानमा थिए ।
सभापति देउवाले कांग्रेस वर्तमान सरकारको गठबन्धनमा रहेकाले गठबन्धन त्याग्न नहुने , देशमा लोकतन्त्र र गणतन्त्र मास्ने प्रवृति बढिरहेको, संघीयता मास्ने खतरा बढिरहेकाले संविधानको रक्षा गर्दै देशको सुरक्षा र शुसासनका लागि गठबन्धले ठूलो भूमिका खेल्ने भन्दै गठबन्धन सरकारलाई निरन्तरता दिने विषयमा सहमति जुटाएका हुन् ।
महासमिति बैठकमा महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रस्तावमा आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्नेगरी पार्टीलाई बलियो बनाउने सहमति भइसकेको भए पनि हाललाई सोही गठबन्धन सरकारलाई बलियो बनाउने विषयमा सोमबार मध्यराति सभापति देउवा संस्थापन पक्ष र महामन्त्री थापाबीच सहमति जुटेको कांग्रेसले जनाएको छ ।
उक्त विषयमा सहमति जुटाउन सोमबार साँझ बूढानीलकण्ठमा जारी कांग्रेसको पदाधिकारी बैठक नै छाडेर सभापति देउवा र उपसभापित पूर्णबहादुर खड्का बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका थिए।
भेटवार्तामा कांग्रेसले महासमितिबाट त्यो प्रस्ताव पारित गरे पनि वर्तमान गठबन्धन सरकार कायम रहने कुरामा प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई देउवाले विश्वास दिएपछि उक्त विषय सहमतिको बिन्दुमा पुगेको हो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...