
काठमाडौं । सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकको आज दोस्रो दिन महासमिति बैठकमा पाँच प्रस्तावमाथि छलफल सुरु हुने भएको छ ।
कांग्रेस महासमिति बैठकमा आजदेखि विभिन्न समूहमा नीति, सांगठनिक, समसामयिक, अर्थ र लेखासम्बन्धी प्रस्तावहरुमाथि छलफल सुरु हुने प्रचार विभाग प्रमूख मीन विश्वकर्माले जानकारी दिए ।
मंगलबा बिहान ९ बजेदेखि सुरु भएको महासमिति बैठकमा बन्दसत्र सुरु भएको छ ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा बन्दसत्र सुरु भएपछि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव प्रस्तुत गरेका छन् ।
महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदनमाथिको प्रतिवेदन पेश गर्नेछन् ।
यस्तै महासमिति बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे र श्याम घिमिरेको लेखा सम्बन्धी प्रतिवेदन पनि पेश गर्नेछन् ।
महामन्त्री थापाले पेश गर्ने प्रतिवेदनमाथिको विवादमा सहमति जुटिसको छ ।
बैठकमा पेश भएका प्रस्तावहरुमाथि छलफल गर्न ‘तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाइने जनाइएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...