बेलायतद्वारा ११ अर्ब ७० करोड अनुदान उपलब्ध – Naya Bikalpa
June 19, 2024, Wednesday

बेलायतद्वारा ११ अर्ब ७० करोड अनुदान उपलब्ध

काठमाडौँ । व्यवसायमा नेपाल नेपाल इन् बिजनेस एनआइबी र हरित विकास कार्यक्रम ९ग्रीन ग्रोथ प्रोग्राम जिजिपी परियोजना कार्यान्वयन गर्न बेलायत सरकारले सात करोड स्टर्लिङ पाउन्ड करिब ११ अर्ब ७० करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन् । अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो ।

नेपालको भ्रमणमा रहेका अफ्रिकाका निम्ति बेलायतका विकासमन्त्री एन्ड्रु मिचेल र अर्थमन्त्री प्रकाशशरण महतको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा मंगलबार अर्थ मन्त्रालयमा सहसचिव श्रीकृष्ण नेपाल र बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले हस्ताक्षर गरे । यो अनुदानमा प्राविधिक सहायता र वैदेशिक विकास सहायता समावेश गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार एनआइबी कार्यक्रमबाट प्राप्त हुने अनुदान नेपालको समग्र आर्थिक विकास, गरिबी निवारण र समग्र आर्थिक समृद्धिको बाटो निर्धारणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमले साना तथा मझौला उद्यमलाई सहयोग गर्नेछ । साना तथा मझौला उद्यमलाई उत्पादनमा जोड्ने र त्यस्ता व्यवसाय विकासका लागि वित्तपोषण गर्ने अपेक्षा गरिएको छ ।

हरित नेपाल विकास कार्यक्रमले उद्योग तथा सेवा क्षेत्रमा लगानी गर्न, जलवायु अनुकूलित पूर्वाधार निर्माण गर्न, दिगो आर्थिक नीतिलाई सुदृढ गर्न र आर्थिक सहजीकरण गरी समावेशी विकासका लागि सहयोग गर्नेछ ।

बेलायतीमन्त्रीले आर्थिक रूपान्तरण, जलवायु परिवर्तनका प्रभावसँग सम्बन्धित विषय, सबल सामाजिक सेवा प्रवाह, समावेशिता प्रवर्द्धनमा सहयोग र सहकार्यका प्रशस्त क्षेत्र रहेका बताए ।

सम्बन्धित समाचार

काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
काजीलाई परराष्ट्रबाट हटाएर डा.सीकेलाई उपप्रधानमन्त्री बनाउने निष्कर्षमा दाहाल र ओली
  • २०८० फाल्गुन ९, ०८: ५५

  काठमाडौं। जनमत पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य डा.सीके (चन्द्रकान्त) राउतलाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
राप्रपा अध्यक्ष लिङ्देनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको विनियोजन पुस्तिका
  • २०८० फाल्गुन ९, ०८: ५५

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आगामी आर्थिक वर्ष २०८१–०८२को लागि विनियोजन पुस्तिका...

सांसद डा.सिंहको घोषणा– धेरै बजेट नेता र मन्त्रीको जिल्लामा पारियो, पारित हुने दिन संसद बहिस्कार
सांसद डा.सिंहको घोषणा– धेरै बजेट नेता र मन्त्रीको जिल्लामा पारियो, पारित हुने दिन संसद बहिस्कार
  • २०८० फाल्गुन ९, ०८: ५५

काठमाडौं। सर्लाही निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेट धेरै पूर्वाग्रहपूर्ण भएकाले पारित गर्ने...