वीरगंजमा लगाइएको कर्फ्यु आज तेस्रो दिनपनि जारी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

वीरगंजमा लगाइएको कर्फ्यु आज तेस्रो दिनपनि जारी

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनदेखि वीरगंजमा जारी कर्फ्युलाई आज विहान ४ घण्टाका लागि स्थगित गरेको छ ।

स्थानिय प्रशासनले सोमबार साँझा ५ बजेदेखि वीरगंजमा लगाएको कर्फ्युलाई विहान ६ बजेदेखि १० बजेसम्मका लागि स्थगित गरेको हो ।

सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिद विक्रीका लागि कर्फ्युलाई चार घण्टा स्थगित गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए ।

उनले ११ बजे पछि पूर्व निर्धारित क्षेत्रहरुमा लाग्दै आएको कर्फ्यु अर्को आदेश नभएसम्मका लागि यथावत राख्ने निर्णय गरिएको बताए ।

रौतहटको विषयलाई लिएर सोमबार वीरगंजमा भएको विरोध जुलुशपछि ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि शान्ति सुरक्षालाई कायम राख्‍न प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।

नगरको सुरक्षा व्यवस्थालाई कायम राख्‍न स्थानिय प्रशासनले वीरगंजको चोक–चोकमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ९, १०: १७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ९, १०: १७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ९, १०: १७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...