बालकुमारी घटनाका दोषी मन्त्री ज्वालालाई कारबाही गर्न प्रधानमन्त्री असक्षम – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

बालकुमारी घटनाका दोषी मन्त्री ज्वालालाई कारबाही गर्न प्रधानमन्त्री असक्षम

काठमाडौं । गत पुस १३ गते ललितपुरको बालकुमारी घटनमा दोषी ठहर भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाही गर्न नसकेपछि प्रधानमन्त्री प्रचण्ड असक्षम देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि प्रतिनिधि सभाको बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रममा जाँचबुझ आयोगको प्रतिवेदनले हेरेर कारबाही गर्ने बताएका थिए । तर अहिलेसम्म प्रधानमन्त्रीले उक्त घटनाका दोषीलाई कारबाही गर्न सकेका छैनन् ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका शेरबहादुर तामाङले बङ्गलादेशमा अध्ययन गर्न जाने युवतीबारे दिएको अभिव्यक्तिकै कारण पदबाट राजीनामा दिएका थिए भने, ओलीकै क्याबिनेटका तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाले पनि घुस रकम माग गरेको आरोप लागेको अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा गरेका थिए ।

प्रचण्ड अघि शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले समेत छानबिनको समयसम्म पदबाट राजीनामा दिएका थिए । तर, ज्वाला राजीनामा नदिने अडानमा छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १०, ११: ५५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन १०, ११: ५५

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १०, ११: ५५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...