नुन किन्न अब नागरिकता प्रमाणपत्र अनिवार्य – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नुन किन्न अब नागरिकता प्रमाणपत्र अनिवार्य

कालीकोट । कालीकोटमा नुन अभाव हुन थालेको छ । आपूर्ति व्यवस्था असहज भएपछि जिल्लामा नुन अभाव भएको हो । नुन किन्न सर्वसाधारणले नागरिकताको प्रतिलिपि लिएर जानुपर्ने नियम बनाइएको छ ।

प्रति परिवार पाइने ११ किलो नुन लिन दुई हजारदेखि २५ सय रुपियाँसम्म खर्च गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । नागरिकताको प्रतिलिपि लिएर गएपछि एक व्यक्तिले सय रुपियाँमा ११ किलो नुन प्राप्त गर्ने छन् ।

प्रतिव्यक्ति पाँच किलो अर्थात् पाँच प्याकेट नुन पाउने गरेका सर्वसाधारणले अहिले कोटा थपिएपछि ११ प्याकेट पाउन थालेका हुन् ।

कालीकोटको खाँडाचक्र नगरपालिका–१०, चौकीका ६२ वर्षीय जगबहादुर शाही नागरिकताको प्रतिलिपि नहुँदा नुन लिनबाट वञ्चित भए ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा डेढ घण्टा लाइनमा उभिए पनि उनी नुनबिना घर फर्किनु पर्यो ।

पलाँता गाउँपालिका–५ की अस्मिता बमले दुई दिन लगाएर ११ केजी नुन लिन सदरमुकाम मान्म आएको बताइन्  । उनले गाडी भाडा र खाना खर्च गरी तीन हजार रुपियाँभन्दा बढी खर्च भएको सुनाइन् ।

कालीकोटमा नुन लिन नेपाली नागरिकता अनिवार्य गरिएकोमा सर्वसाधारणले भने दुःख व्यक्त गरेका छन् । शुभकालिका गाउँपालिकाकी नान्धरा शाहीले काखमा बच्चा च्यापेर नुन लिन आउँदा नागरिकता नभएपछि नुन पाउन नसकेको बताइन्  ।

नुनको कोटा कम र माग बढेपछि जिल्ला प्रशासन कार्यालय कालीकोटले नुन लिन आउनेलाई नागरिकता अनिवार्य गरेको बताएको छ । ठेकेदारले ढुवानी नगर्दा नुन अभाव भएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ११, ११: १२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ११, ११: १२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन ११, ११: १२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...