
काठमाडौं । सेवा प्रदायकहरूले प्रतिबन्धपछि भीपीएनको माध्यमबाट टिकटक प्रयोग गर्नेहरूको सङ्ख्या बढ्दा नेपालले खपत गर्ने अन्तर्राष्ट्रिय ब्यान्डविथ वृद्धि भएको छ । यसले गर्दा नेपाली मुद्रा बाहिरि रहेका छन्।
अवैध रुपमा भीपीएनको प्रयोग गरेर मानिसहरूले टिकटक चलाइरहेकोले एनटीसीको अन्तर्राष्ट्रिय ब्यान्डविथमा नै प्रभाव पारिरहेको बताइएको छ।
नेपाल टेलिकम (एनटीसी) का प्रवक्ता हरि ढकाल, ‘टिकटकमा प्रतिबन्ध लाग्ने बित्तिकै हाम्रो अन्तर्राष्ट्रिय ब्यान्डविथ ९ प्रतिशतले बढेको छ। हामीले अन्तर्राष्ट्रिय ब्यान्डविथको पैसा तिर्नुपर्छ। पहिला ७०–८० प्रतिशत खपत हुन्थ्यो भने अहिले ९५–१०० प्रतिशत सम्म प्रयोग भएको देखिन्छ,’उनले भने ।
इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालका प्रमुख कार्यकारी अधिकृत सुवास खड्काले टिकटक प्रतिबन्ध पछि मानिसहरूले भीपीएन प्रयोग गरेर टिकटक चलाउन थालेपछि त्यसलाई रोक्न आफूहरूले विभिन्न प्राविधिक उपायहरू अवलम्बन गरेको बताए।
उनले भने, “प्रतिबन्धपछि मानिसहरू अरू प्ल्याटफर्महरूमा गएको पाइएको छ। भीपीएन लगायत अरू प्रतिबन्धित साइट र माध्यमको प्रयोग हुँदा ब्यान्डविथको खपत लगभग डेढ गुणाले बढ्न गएको हामीले पाएका छौँ।”
अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग गर्दा त्यसले लागत थप बढाउने उल्लेख गर्दै उनले एक एमबीपीएस ब्यान्डविथका लागि २.५ देखि तीन डलरसम्म खर्च गर्नुपर्ने अवस्था रहेको जनाए।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...