संसद्को महासचिवमाथि छानबिन गरी कारबाही गर्न एमाले सचेतक बर्तौलाको माग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

संसद्को महासचिवमाथि छानबिन गरी कारबाही गर्न एमाले सचेतक बर्तौलाको माग

काठमाडौं । नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले संघीय संसद् महासचिवमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै सचेतक बर्तौलाले संघीय संसद्को महासचिवमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्नेगरी बैठकमा कुरा उठेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

शुक्रबार नै बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रतिपक्षलाई संसद्को महासचिवको तीन वटा नागरिकता र दुई वटा राहदानी भएको कुरा पनि उठाउन आग्रह गरेका थिए ।

सांसद सापकोटालाई जवाफ फर्काउँदै सचेतक बर्तौलाले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री भएको भन्दै छानबिन गरेर कारबाही गर्न चुनौती दिए । उनले आगामी प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादित मन्त्रीहरूलाई बर्खास्त गरेको जवाफसहित संसद्मा सम्बोधन गर्न आउन माग समेत गरे ।

उनले भने, ‘संसद्ले बनाएको तालिकाबमोजिम फागुन १३ र १४ गते हाम्रो बैठक छ । उपयुक्त समय छान्ने सुविधा सरकारका प्रधानमन्त्रीज्यूलाई रह्यो । सरकारका प्रधानमन्त्रीलाई आगामी बैठकमा उपस्थित भएर प्रतिपक्षी बेञ्चबाट उठाइएका यी सरोकारका विषयमा सम्बोधन गर्न म माग गर्न चाहन्छु ।’

उनले सरकार प्रतिनिधिसभाबाट भागिरहेको उल्लेख गर्दै नाकमा नत्थी लाएर संसदमा ल्याउने तागत एमालेसँग रहेको बताए ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन ११, १७: ४९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन ११, १७: ४९

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन ११, १७: ४९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...