
काठमाडौं। आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्स विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ ।
कुशल मल्ल तेस्रो विकेटका रूपमा व्यक्तिगत २ रनमा आउट भए। पहिलो विकेटका रूपमा ४२ रनको साझेदारी गरेको नेपालले ५० रनको स्थितिमा दोस्रो विकेट गुमाएको थियो ।
आसिफ शेख १७ र अनिल शाह ७ रनमा आउट भए । भिभियान किङ्माले २ र आर्यन दत्तले एक विकेट हात पारे । दत्तले आफ्नो पहिलो ओभरमा कुशललाई आउट गरे ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...