चार मन्त्रीले राजीनामा दिनुपर्ने, संसद्‌मा एमालेको अडान – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चार मन्त्रीले राजीनामा दिनुपर्ने, संसद्‌मा एमालेको अडान

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले चार मन्त्रीहरूको राजीनामा माग्दै संसद् अवरोध गरेको छ ।

आइतबार बसेको संसद् बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले भने, “बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री, त्यही घटनामा दुई युवाको कत्लेआम गर्न निर्देशन दिने गृहमन्त्री, अख्तियारको निगरानीमा रहेका स्वास्थ्यमन्त्री र पुरातात्त्विक रामग्रामलाई ९९ वर्षका लागि लीजमा दिने पर्यटनमन्त्री पदमा बसिरहन मिल्दैन । राजीनामा गर्नैपर्छ ।”

यी विषयमा पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदासमेत नसुनिएको गिरीले बताए । “हामीले यी विषयहरू ६ गतेयता उठाएका छौँ ।तर, बेवास्ता गरिएको छ । प्रधानमन्त्रीले पनि संसद् छल्दै हिँड्नुभएको छ,” उनले भने ।

उनले आफूखुसीले एमालेले संसद् अवरोध नगरेको जिकिर गरे । “यो सरकारकै कारण संसद् अवरोध भएको छ । हामीलाई पनि संसद् अवरोध गरेर बस्न मन छैन,” उनले भने, “प्रमुख प्रतिपक्ष र विपक्षी दलहरूको मागलाई सम्बोधन गर्दैपर्छ ।”

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १३, ११: ३६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन १३, ११: ३६

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १३, ११: ३६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...