‘शून्य र विशेष समयमा जनताका विषय उठेन’–सांसद रायमाझी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

‘शून्य र विशेष समयमा जनताका विषय उठेन’–सांसद रायमाझी

काठमाडौं । नेकपा एमालेकी सांसद विजुला रायमाझीले संसदमा शून्य र विशेष समयमा जनताको विषय न उठेको बताएकी छिन् । उठेका विषयहरूमा सरकार जवाफदेही नभएको ।

आइतबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले जनताका प्रतिनिधिले शून्य समयमा जनताका विषय उठाउने हो । तर, सरकारले सुन्न नसक्ने र देख्न नसक्ने भान हुन थालेको बताइन् ।

शून्य र विशेष समयमा उठेका विषयमा सरकारको जवाफ माग गर्दा सदन चल्न नदिएको आरोप खोप्नुपर्ने अवस्था आएको भन्दै उनले प्रश्न गरिन्, ‘के प्रतिपक्षको काम कोरम पुर्याउने मात्रै हो ? जनताका प्रतिनिधिले जनता र राज्य कमजोर हुने विधेयक आँखामा पट्टी बाँधेर पास गर्नुपर्ने हो ? र, पीडितको पक्षमा सदनमा बोल्दा सत्ता पक्षलाई सुन्न मिल्दैन ?’

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १३, ११: ५६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन १३, ११: ५६

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १३, ११: ५६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...