सार्वजनिक बसमा अपराध न्यूनीकरणका लागि सिसिटिभी आवश्यक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सार्वजनिक बसमा अपराध न्यूनीकरणका लागि सिसिटिभी आवश्यक

काठमाडौं । विगतको तुलनमा वर्तमान समयमा सार्वजनिक बसमा आपराधिक क्रियाकलाप बढ्दै गएका छन् ।

सार्वजनिक बस सबैका लागि विश्वसनीयता र सरलताको साधन हो । एउटै बसमा विभिन्न फरक–फरक विचार गरेका मानिसहरूले यात्रा गरिरहेका हुन्छन् । सार्वजनिक बसमा यात्रा गर्ने असल मानिसहरूले यात्राका क्रममा बसमा छुटेका सामानहरू प्रहरीलाई जिम्मा लगाइदिने र सम्भव भएसम्म कल गरेर दिने गर्छन् । तर अर्का थरिका मानिसहरूले बसमा छुटेका सामानहरू आफ्नो हातमा पार्ने गर्छन् ।

बसमा छुटेका सामानहरू साधारण देखी महत्त्वपूर्ण हुन्छन् । बसमा छुटेका सामानहरू हराएमा कतिपय यात्रुहरूको भविष्य अन्धकारतिर धकेलिन्छ । त्यतीमात्र होइन सार्वजनिक बसमा विभिन्न खराब नियतले पनि मानिसहरूले यात्रा गरिरहेका हुन्छन् ।

खराब नियत गरेका मानिसहरूले यात्रुको साथमा भएको फोन, अन्य सामाग्रीहरू चोर्ने गरेका हुन्छन् । त्यतिमा होइन, खराब सोच गरेका केही मानिसहरूले महिलामाथि दुर्व्यवहार समेत गर्ने गरेका गुनासाहरूले सार्वजनिक भइरहेका हुन्छन् । यस्ता हरेक किसिमका गतिविधि नियन्त्रणका लागि अब सार्वजनिक सवारी साधनमा सिसिटिभी जडान गर्न आवश्यक छ ।

सिसिटिभी क्यामरा अपराध नियन्त्रण गर्ने तेस्रो प्रहरी जस्तै हो । हरेक किसिमका घटनाहरू नियन्त्रणका लागि क्यामराले महत्पूर्ण भूमिका खेलेको हुन्छ । जसले प्रहरीलाई आपराधिक घटनाका बारेमा अनुसन्धान गर्न सहज बनाउनुका साथै हरेक किसिमका गैर कानुनी र आपराधिक क्रियाकलापमा नियन्त्रकमा समेत सहयोग गर्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायले यो बहसमाथि तत्कालै छलफल छलफल गरेर छुट्टै कानुन बनाएर कार्यान्वयन गर्दा सवारी साधनमा यात्रा गर्दा हुने विभिन्न किसिमका आपराधिक क्रियाकलाप न्यूनीकरणमा ठुलो सहयोग पुग्छ ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १३, १२: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १३, १२: २१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १३, १२: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...