
काठमाडौं। क्रिकेट विश्वकप लिग–२ मा नेदरल्याण्ड्सविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल भूर्तेल ६६ रनमा आउट भएका हुन्।
उनलाई नेदरल्याण्ड्सका रोइलोफ भान देर मर्वीले आउट गरे। अहिले आरिफ शेख र गुल्स्न झाले ब्याटिङ गरिरहेका छन्।
यसअघि भीम सार्की शुन्य रनमा बोल्ड हुँदा दीपेन्द्र सिंह ऐरी १ रनमा रनआउट भए। रोहित कुमार पौडेल १६, कुशल मल्ल २, अनिल साह ७ र आसिफ शेख १७ रनमा आउट भए। टस जितेर
नेदरल्याण्ड्सले फिल्डिङ रोजेसँगै नेपाल ब्याटिङमा उत्रिएको हो। नेपालले ३६।४ ओभरमा ७ विकेटको क्षतिमा १२२ रन बनाएको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...