
कठमाडौं । नेपाल महिला संघ, काठमाडौंले मुलुकमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा सरकारी अस्पताल र प्राइभेट अस्पतालवीच समन्वयको अभावमा ओपिडि सेवा सुचारु गर्नका लागि सरकारसँग माग गरेको छ ।
नेपाल महिला संघ काठमाडौं जिल्ला समितिकी सभापति विष्णुदेवी पुडासैनिको अध्यक्षतामा बसेको बैठकले अस्पतालहरुलाई वर्गिकरण गरी तत्काल सर्वसाधारणको ज्यानै जाने जोखिम न्यूनिकरण गर्न माग गरेको हो ।
लकडाउन शुरु भएपछि महिलामाथि हुने घरेलु हिंसा रोक्नु पर्ने, विदेशबाट स्वदेश फर्कने र फकाईएकाहरुको लागि व्यवस्थित क्वारेन्टाइन तथा आइसोलेशन वार्डहरु तत्काल निर्माण गर्न, पिसिआर प्रविधिद्वारा स्वास्थ्य परिक्षण गर्न पनि जिल्ला समिति काठमाडौंले माग गरेको छ ।
लकडाउनपछि व्यापार व्यवसाय ठप्प भएको हुँदा पसल भाडामा दिने र घर बहालमा बस्नेहरु बिच बिवाद बढ्दै गएको हुँदा तत्काल स्थानीय सरकारले समन्वय गर्नु पर्ने जिल्ला समिति काठमाडौंकी प्रवक्ता रिता दवाडीले नयाँ विकल्प डटकमलाई जानकारी दिनु भयो ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह...
काठमाडौं : नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय अनुशासन समितिले सोधेको स्पष्टीकरणलाई ‘हास्यास्पद, निरर्थक र अर्थहीन’ भन्दै...