
काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको परोपकारी प्रसूति गह तथा स्त्री रोग अस्पतालको कम्पाउन्डमाबाट बच्चा चोरी प्रकरणमा पक्राउ परेका दुई रिहा भएका छन् ।
फागुण ११ गते परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट २६ दिनकी नाबालिका चोरी भएको थियो । उक्त बच्चा चोरी भएको सोही दिन जिल्ला प्रहरी परिसर काठमाडौंले बूढानीलकण्ठकी २२ वर्षीया सबिना श्रेष्ठकी २६ दिनकी नाबालिका चोरी प्रकरणमा पक्राउ दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बच्चा चोरी प्रकरणमा २८ वर्षीय नरेन्द्र मल्ल र उनकी दिदी शारदा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई आइतबार प्रहरीले रिहा गरेको छ । उक्त घटनामा उनीहरुले थाहा नभएको प्रहरीलाई बयान दिएपछि आइतबार प्रहरीले रिहा गरेको हो ।
मनकुमारीले आफ्नै योजनामा मात्र बच्चा चोरी गरेको बताएपछि उनीहरु जेलमुक्त भएका हुन् । नेपाली सेनामा कार्यरत मल्ल नाबालिका चोरीमा संलग्न भनिएकी दैलेख नौमुले गाउँपालिका–१ १ घर भई काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंहका श्रीमान् हुन्।
शारदा मनकुमारीकी दिदी हुन्। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल कपनमा बस्ने सबिनाकी नाबालिकालाई चोरी अभियोगमा उनीहरु पक्राउ परेका थिए।
जन्डिसको लक्षण देखिएपछि उपचारका लागि ल्याइएकी नाबालिका चोरी प्रकरणमा पक्राउ परेकी मनकुमारी अहिले हिरासतमा छिन् । मनकुमारीलाई सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा खोज्दै जाँदा प्रहरीले काठमाडौंकै काँडाघारीस्थित डेराबाट शुक्रबारै मध्यराति पक्राउ गरेको थियो। पक्राउ परेका सैनिक दम्पतीको बिहे भएको ३ वर्ष भइसक्दा पनि सन्तान भएको थिएन।
जिल्ला प्रहरी परिसर काठमाडौंले शिशुलाई अभिभावकको जिम्मा लगाइ सकेको छ। शिशुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार जारी छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...