
काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ३ मन्त्रीको राजीनामा माग गरेको थियो ।
बालकुमारी घटनामा दोषी ठहर भएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स काण्डमा अख्तियारले अनुसन्धान गरिरहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनी क्षेत्र विकास कोषको ठेक्का विवादमा मुछिएका पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेको हो । विवादास्पद मन्त्रीहरुको राजीनामा माग गर्दै एमालेले हिजो पनि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...