वैकल्पिक स्थान तय नभएसम्म सरकारसँग वार्ता नगर्ने मिटरब्याज पीडितको अडान – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

वैकल्पिक स्थान तय नभएसम्म सरकारसँग वार्ता नगर्ने मिटरब्याज पीडितको अडान

काठमाडौं ।वैकल्पिक स्थान तय नभएसम्म सरकारसँग वार्ता नगर्ने मिटरब्याज पीडितको अडान रहेकाे छ ।

प्रहरीले मिटरब्याज पीडितहरुलाई भृकुटीमण्डपबाट हटाउने तयारी गरेपछि सरकारसँगको वार्ता अन्योलमा परेको  ।

समाज कल्याण परिषद्ले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई भृकुटीमण्डप खाली गराउन पत्र लेखेपछि प्रहरीले मिटरब्याज पीडितहरुलाई त्यहाँबाट हटाउने तयारी गरिरहेको छ ।

प्रहरीले हटाउने तयारी गरेसँगै वार्ता अन्योलमा परेको मिटरब्याज पीडितका अगुवा नीर्ग नविनले जानकारी दिए ।
वैकल्पिक स्थान तय नभएसम्म सरकारसँग वार्ता नगर्ने उनले बताए ।

मिटरब्याजपीडित र सरकारबीच आज निर्णायक वार्ता ११ बजेका लागि तोकिएको थियो । पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् ।

केही दिनमा परिषद्ले भृकुटीमण्डपमा कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ । सोहीकारण मिटरब्याज पीडितहरुलाई हटाउन लागिएको हो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १४, १२: ०८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १४, १२: ०८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १४, १२: ०८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...