
काठमाडौं। एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न सत्तारुढ दलकै सांसदले माग गरेका छन् ।
आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको काण्डको रुपमा परिचित एनसेल प्रकरणको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले भने,‘नेपालको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्डको रूपमा चर्चित रहेको एनसेल छानबिन समितिको प्रतिवेदन प्रस्तुत भइसकेको छ । यो प्रतिवेदनलाई पुतलीको खेलजस्तो नाटक मञ्चन गर्ने काम नहोस् । त्यसको वास्तविकता जनताले थाहा पाउनुपर्छ । यो खर्बौंको भ्रष्टाचार यथार्थमा संसदमार्फत् जनतामा पुग्नुपर्छ । संसदमा सामूहिक रुपमा छलफल गर्नुपर्छ ।’
एनसेलको सेयर खरिद बिक्रीमा अरबौंको कर छली भएको आशंकापछि सरकारले पूर्व महालेखापरीक्षक टंकमणि हर्मा दंगालको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त छानबिन समितिले आफ्नो प्रतिवेदन गत महिनानै सरकारलाई बुझाईसकेको छ । छानबिन समितिले प्रतिवेदन बुझाएपनि सरकारले प्रतिवेदन भने सार्वजनिक गरेको छैन।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...