जापानको चन्द्रमा ल्यान्डर, चन्द्र रातपछि भयो पुनर्जीवित – Naya Bikalpa
August 1, 2026, Saturday      Epaper

जापानको चन्द्रमा ल्यान्डर, चन्द्र रातपछि भयो पुनर्जीवित

काठमाडौं । जापानको चन्द्रमा ल्यान्डरले दुई साताको चन्द्र रातपछि ब्युँझिएर आश्चर्य उत्पन्न गरेको मुलुकको अन्तरिक्ष एजेन्सीले सोमबार बताएको छ ।

मानवरहित स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (एसएलआइएम) गत महिना एउटा अस्पष्ट कोणमा तल खस्दा यसको सौर्य प्यानल गलत दिशामा गएको थियो ।

जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए)ले सूर्यको कोण परिवर्तन भएपछि ल्यान्डर दुई दिनका लागि पुनर्जीवित भएको र एउटा उच्च–विशिष्ट क्यामेरा मार्फत एउटा क्रेटरको वैज्ञानिक अवलोकन गरेको बताएको छ ।

अँध्यारो हुनेबित्तिकै यो फेरि सुत्यो । यसलाई कठोर चन्द्र रातहरूका लागि डिजाइन गरिएको थिएन । यो फेरि ब्युँझिने छ भन्नेबारेमा जेएएक्सए अनिश्चित थियो ।

“हिजो हामीले एउटा कमान्ड पठाएका थियौँ र यसको एसएलआइएमले जवाफ दिएको छ”, जेएएक्सएले सोमबार सामाजिक सञ्जाल एक्समा भनेको छ, “एसएलआइएम आफ्नो सञ्चार कार्यलाई कायम राख्दै चन्द्रमाको सतहमा एक रात जीवित रहन सफल भयो, अहिले पनि चन्द्रमामा दिउँसो थियो र सञ्चार उपकरणको तापक्रम अत्यधिक भएकाले थोरै समयका लागि सञ्चारलाई बन्द गरियो ।”

“जब उपकरणको तापक्रम पर्याप्तरूपमा चिसो हुनेछ सञ्चालन पुनः सुरु गरिने तयारी भइरहेको छ”, एक्समा भनिएको छ । आफ्नो सटिक अवतरण प्रविधिका लागि ‘मुन स्नाइपर’ भनिने एसएलआइएम जनवरी २० मा आफ्नो लक्षित अवतरण क्षेत्रभित्र पुगेको थियो ।

हालैका असफलताहरूपछि यो उपलब्धि जापानको अन्तरिक्ष कार्यक्रमको एउटा जित थियो । यसबाट अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’ हासिल गर्ने जापान पाँचौँ मुलुक बनेको छ ।

सम्बन्धित समाचार

विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
  • २०८० फाल्गुन १४, १६: ०५

काठमाडौं : विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को निधन भएको छ । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले शनिबार...

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना
  • २०८० फाल्गुन १४, १६: ०५

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा...

सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
सरकार र मृतक गणेश यादवका परिवारबीच ८ बुँदे सहमति
  • २०८० फाल्गुन १४, १६: ०५

काठमाडौं : सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका औरही गाउँपालिका– २, तुलसियाहीका १५...