
काठमाडौं । संसद भवन परिसर छिरेका लघुवित्त पिडितहरुलाई सरकारले रिहा गरेको छ ।
मंगलबार पक्राउ परेका सबै ४९ जनालाई हाजिरी जमानीमा छाडेको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह संसद भवनभित्र प्रवेश गरेपछि सरकारले सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन समेत गरेको थियो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले यसअघि संघीय संसद भवन परिसरभित्र प्रदर्शन गरेका लघुवित्तका ऋणीहरूलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको थियो ।
एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ परेका थिए ।
सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको थियो ।
उक्त घटनाको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो ।
उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...