काठमाडौं । देशभरका दुग्ध किसान आन्दोलित भएका छन् । किसानले भुक्तानी नपाएको भन्दै केन्द्रीय दूध उत्पादक सहकारी संघको आह्वानमा ६४ जिल्लाका दूध सहकारीले आन्दोलन गरेका हुन् ।
६४ जिल्लामा सहकारी संघको आह्वानमा आन्दोलन भए पनि देशभरि दूध किसानको समस्या भएका भन्दै अन्य जिल्ला राजमार्गमा प्रदर्शन गरेर आन्दोलन गरेका हुन् ।
७ फागुनमा घोषणा भएको कार्यक्रम बिहीबार देशभरि दूध किसानले राजमार्गबाट विरोध गरेका हुन् । यसअघि संघले १३ फागुनमा राजनीतिक दलका शीर्ष नेता र प्रमुख सचेतकलाई मागपत्र बुझाएको थियो ।
यस्तै १४ र १५ मा ७७ जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएको थियो । २१ फागुनमा केन्द्रीकृत वृहत् किसान आन्दोलन गर्ने भन्दै काठमाडौं माइतीघरमा भेला हुने जानकारी दिएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...