त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल आज नामिबियासँग भिड्दै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपाललले आज नामिबियासँगै खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ११ बजे हुने खेलमा नेपाली टोली हारको ह्याट्रिकबाट जोगिने लक्ष्यसहित मैदान उत्रने छ ।

पहिलो खेलमा नेपाललाई हराएको नामिबिया भने उच्च मनोबलका साथ मैदान उत्रिने छ । नेपाल भने पहिलो जितको खोजीमा छ । जारी सिरिजमा लगातार दुई खेलमा पराजय बेहोरेको नेपाल हारको ह्याट्रिक रोक्ने प्रयासमा रहने छ ।

दुई खेलमा पराजित नेपालले फाइनल खेल्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाब छ । सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले हारेको थियो ।

 

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १८, १०: ४२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १८, १०: ४२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १८, १०: ४२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...