संविधानअनुरुप बन्नुपर्ने कानूनहरू बनाउन सरकार गम्भीर रहेकोः प्रधानमन्त्री दाहाल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

संविधानअनुरुप बन्नुपर्ने कानूनहरू बनाउन सरकार गम्भीर रहेकोः प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानअनुरुप बन्नुपर्ने कानूनहरू बनाउन सरकार गम्भीर भएर लागिरहेको बताएका छन् ।

उनले सरकारले संविधान प्रदत्त हक र अधिकारहरूको क्रमशः सुनिश्चितता गर्दै अघि बढेको दाबी गरे ।

शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले भने, ‘संविधानअनुरुप निर्माण गरिनुपर्ने ऐनहरुको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको छ । संविधान प्रदत्त हकहरूको क्रमशः कार्यान्वयन हुँदै गएको अवस्था छ ।’

उनले वर्तमान सरकारले संविधान प्रदत्त स्वास्थ्यको हक र अधिकारको सुनिश्चितता गर्दै लगेको दाबी गरे ।

‘मेरो नेतृत्वको वर्तमान सरकार संविधान प्रदत्त ‘स्वास्थ्य सम्बन्धी हक’लाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शैय्या गरिब, विपन्न र असहाय नागरिकका लागि निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा गएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘महिलाहरूमा देखा पर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्त्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् ।’

प्रधानमन्त्री दाहालले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’को रुपमा विकास हुँदै गएको बताए । ‘भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ,’ उनले भने ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १८, ११: ४५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १८, ११: ४५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १८, ११: ४५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...