
काठमाडौं । बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा एक व्यापारिक भवनमा आगलागी भएको छ ।
आगलागीमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
मृत्यु भएका २० जनाको शव उनीहरूका परिवारलाई बुझाइएको छ ।
सात तले भवनमा बिहीबार राति भएको आगलागीबाट अचेत अवस्थामा रहेका ४२ जनासहित ७० जनालाई अग्निनियन्त्रकले उद्धार गरेका छन् ।
भवनको पहिलो तल्लामा रहेको ‘कच्ची भाइ’ नामक रेस्टुरेन्टबाट राति ९ः४५ बजे आगलागी सुरु भएको थियो ।
आगो अन्य तलामा फैलिँदा धेरै मानिस रेस्टुरेन्टमा खाना खाइरहेका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...