
काठमाडौं। टी–२० क्रिकेट सिरिजमा नेपालले नामिबियालाई १८१ रनको लक्ष्य दिएकोे छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै १८० रन बनाएको हो।
नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले। उनले अविजित ५५ रन बनाए।
आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल साह २३, दीपेन्द्र सिंह ऐरीले १६ रोहित कुमार पौडेल १०, तथा करण केसीले सात रन बनाए ।
नामिबियाका लागि बेन शिकोन्गोले ३ तथा ज्याक ब्रासलले २ विकेट लिए ।
फाइनलको सम्भावना कायम राख्न नेपालले यो खेल जित्नै पर्ने दबाब छ । यसअघिका दुवै खेलमा नेपाल हारेको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...