
काठमाडौं। टी–२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई हराएको छ। यससँगै नेपालको फाइनल पुग्ने सम्भावना जिवितै छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो।
१८१ रनको लक्ष्य पछ्याएको नामिबियालाई नेपालले १७७ रनमा रोकेको हो । अन्तिम ओभरमा नामिवियालाई ११ रन चाहिएकोमा करण केसीले १ विकेट लिएर ७ रन मात्रै दिएका थिए ।
नामिबियाका लागि जेजे स्मितले ५० र जेपी कोत्जेले २५ रन बनाए। नेपालका लागि करण केसी, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २–२ तथा अबिनाश बोहराले १ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै १८० रन बनायो। नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले। उनले अविजित ५५ रन बनाए।
आरिफ शेखले ३१, गुल्सन झाले २६, अनिल साह २३, दीपेन्द्र सिंह ऐरीले १६, रोहित कुमार पौडेल १० तथा करण केसीले सात रन बनाए। नामिबियाका लागि बेन शिकोन्गोले ३ तथा ज्याक ब्रासलले २ विकेट लिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...