हङकङमा हुने त्रिदेशीय सिरिजका लागि नेपाली टोलीको घोषणा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

हङकङमा हुने त्रिदेशीय सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं । नेपालले अर्को साता हङकङमा गएर फ्रेन्डसीप कप र टी–२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीय जोरा, आरिफ शेख विवेक यादव, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिशी, लोकेश बम आकाश चन्द र अविनाश बोहोरा छन्।

नेपाल र हङकङबीच फागुन २६ (९ मार्च) मा फ्रेन्डसीप कपको खेल हुनेछ । दुई देशबीचको सम्बन्धको कारण उक्त टी–२० आई खेल हुने हङकङ क्रिकेट बोर्डले जनाएको छ ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । यसअघि नेपाल, ओमान, युएई र हङकङबीच चार देश सम्मिलित टी–२० आई सिरिज हुने भनेपनि नहुने भएको छ ।

त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोहि दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ ।

फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनलमा नपुग्ने टोलीले हङकङ ए सँग खेल्ने तालिका हुनेछ ।

नेपाली क्रिकेट टोली आगामी जुनमा वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप अघि व्यस्त छ । घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच त्रिकोणात्मक टी–२० आई सिरिज चलेको छ ।

नेपालले मंगलबार फाइनलमा नेदरल्यान्ड्स र नामिबियामध्ये एक टोलीसँग खेल्नेछ ।

त्यसलगत्तै नेपाल हङकङ जानेछ । हङकङबाट फर्केपछि घरेलु मैदानमा आयरल्यान्ड ए सँग पाँच खेलको टी–२० सिरिज खेल्ने तालिका छ ।

त्यसपछि नेपाल भारतमा बरोडा र गुजरातसँग टी–२० त्रिकोणात्मक सिरिज खेल्न जानेछ । सिरिज सकेलगत्तै एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन २०, ११: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २०, ११: २१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २०, ११: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...