
काठमाडौं। टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्स र नामिबियाबीचको खेल वर्षाका कारण प्रभावित भएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले ब्याटिङ गर्दैगर्दा पानी परेपछि खेल रोकिएको हो ।
खेल रोकिनुअघि नामिबियाले १५ ओभरमा ४ विकेटको क्षतिमा ९८ रन बनाएको छ। नामिबियाका लागि जान निकोल लफ्टी एटन ३४ र जेन ग्रीन ११ रनमा अविजित छन्।
नेदरल्याण्ड्सका लागि भने भियिन किङ्मा, टीम भान देर गुग्टेन, आर्यन दत्त र रोइलोफ भान देर मर्वीले १–१ विकेट लिए । टस जितेर नेदरल्याण्ड्सले बलिङ रोजेको हो।
त्रिदेशीय क्रिकेटमा नेपालले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ । आजको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ । डच टोली ४ अंकमा शीर्ष स्थानमा छ भने नामिबियाको २ अंक छ ।
नेदरल्याण्ड विजयी भए ६ अंकमा शीर्षस्थानमा रहँदै फाइनल पुग्नेछ भने नामिबियालाई फाइनल पुग्न फराकिलो जीत आवश्यक पर्नेछ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...