
काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको त्रिवि शिक्षण अस्पतालले पुष्टि गरेको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमले बलात्कार वा यौनजन्य अपराध नभएको पुष्टि गरेको हो ।
गत १० फागुनमा विद्यालयको छात्रावासको कोठामा शालिन मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले प्रहरीको रोहबरमा काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालामा पोस्टमार्टम गरिएको थियो ।
त्रिवि अस्पतालले आइतबार पोस्टमार्टम रिपोर्ट प्रहरीलाई बुझाएको जनाइएको छ ।
मृत्युको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि आत्महत्या भएको देखाएको छ । यसअघि उनको बलात्कार भएको भन्दै सामाजिक संजालमा प्रचार प्रसार भएको थियो ।
त्यसपछि घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान तिव्र गतिमा अगाडी बढाएको थियो ।
प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालयलाई उक्त घटनाबारे जति सक्दो चाँडो सत्य तथ्य बाहिर ल्याउन समेत आग्रह गरेको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...