धनकुटा टुडिखेल सहितका योजनाका लागि मन्त्रीसंग बजेट माग – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

धनकुटा टुडिखेल सहितका योजनाका लागि मन्त्रीसंग बजेट माग

धनकुटा । धनकुटाको विकास र समृद्धीका लागी विभिन्न विकासका योजनाहरुको लागी बजेट बिनियोजन गरी दिन नेपाली कांग्रेस धनकुटाको टोलीले संघीय मन्त्रीहरुसंग आज माग गरेको छ ।

नेपाली कांग्रेस धनकुटाको टोलीले सहरी विकास मन्त्री सिता गुरुङ र युवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु संग सम्वन्धित मन्त्रालयमा गई माग गरेको हो ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई,सचिव विजय सन्तोषी राई, छथरजोरपाटी गाउपालिकाका अध्यक्ष तथा पालिका पार्टी सभापति छत्र सुब्बा,नेपाली कांग्रेसका नेता टिका भण्डारी,वडा नं. ५ का सभापति ढगल सिंह लिम्बु लगायतको टोलीले सहरी विकास मन्त्री सिता गुरुङ र युवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु संग सम्वन्धित मन्त्रालयमा गई विभिन्न योजनाहरुको लागी बजेट माग गरेका थिए ।

सहरी विकास मन्त्री सिता गुरुङसंग धनकुटा जिल्लाका ७ वटै पालिकाहरुको विभिन्न योजनाहरु र युवा तथा खेलकुद मन्त्री डिग वहादुर लिम्बु संग धनकुटा टुडिखेलको मर्मत तथा निर्माण लगायत ७ वटै पालिकाहरुमा खेल मैदान निर्माणका कभड हल निर्माण लगायतका योजनाहरुमा बजेट बिनियोजन गरी दिनका लागी अनुरोध पत्र बुझाएको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन २०, १७: ३८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २०, १७: ३८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २०, १७: ३८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...