काठमाडौँ । संघीय निजामती सेवा ऐन, २०८० मा निजामती कर्मचारीको उमेर हद बढाएर ६० पुर्याइएको छ । अर्को आर्थिक वर्षदेखि मात्रै लागू हुने व्यवस्था गरिएको हो ।
ऐनको परिच्छेद ७ मा भनिएको छ, ‘निजामती कर्मचारीले साठी वर्ष उमेर पुरा भएपछि अनिवार्य अवकाश पाउनेछ ।’ तर यो ऐन प्रारम्भ भएको आर्थिक वर्ष भरी निजामती कर्मचारीको अनिवार्य अवकाश हुने उमेरको अधिकतम हद अन्ठाउन्न वर्ष कायम रहने छ ।
व्यवस्था अनुसार सरकारले यो आर्थिक वर्ष अर्थात् असार भित्र ऐन ल्याउन सकेको अवस्थामा साउनदेखि एकमुस्ट रूपमा ६० वर्ष लागू हुने छ ।
विभिन्न चरणमा बहसमा आउने र पुनः सेलाउने गरेको ऐनमा उमेर हदबारे पनि त्यतिकै चर्चा हुँदै आइएको छ । र, पछिल्लो समय ६० वर्षमा सबै सहमत भए पनि चरणबद्ध वा एकमुष्ठ भन्नेबारे भने फरक फरक मतहरू रहँदै आएका थिए।
एकै पटक ५८ बाट ६० वर्ष उमेर हद कायम गर्दा नयाँ जनशक्तिले सेवामा प्रवेश गर्न नपाउने भएकोले नै छ(छ महिना अवधि थप गरेर मात्र उमेर हद ६० वर्ष बनाउन प्रस्ताव गरिएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...