जेसुकै परिवर्तन भए पनि ‘मिसन’ ८४ नछोड्नेः ओलीको घोषणा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

जेसुकै परिवर्तन भए पनि ‘मिसन’ ८४ नछोड्नेः ओलीको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  मिसन ८४ नछाड्ने बताएका छन् ।

राष्ट्रिय राजनीतिमा जेसुकै परिवर्तन भए पनि ‘मिसन’ ८४ नछोड्ने बताएका हुन् ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को ७७औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले देशको परिस्थिति छिटोछिटो फेरबदल भएको उल्लेख गरे । यथास्थितिको अन्त्य र अग्रगमनका निम्ति देशमा परिवर्तन आवश्यक भएको उनले बताए ।

अध्यक्ष ओलीले भने, “अहिलेको भताभुंग अवस्थाबाट मुलुकले, आंशिक रूपमा भए पनि केही सकारात्मक परिवर्तन हुन्छ । तर, जेसुकै परिवर्तन भए पनि हामी ‘मिसन–२०८४’ छाड्दैनौं । अब हुने २०८४ सालको निर्वाचनमा एमालेले आफूलाई राष्ट्रिय शक्तिका रूपमा निर्वाचित हुने र त्यसलाई निर्णायक शक्तिका रूपमा विकसित गरी मुलुकको विकास र समृद्धिमा तीव्रतापूर्वक काम गर्ने हाम्रो अभियान जारी रहनेछ ।’’

अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिए ।

उनले जिफन्टका नेता–कार्यकर्तालाई मजदुर र तल्लो वर्गको हितका साथै सिंगो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिए ।

मजदुरले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै कार्यान्वयनमा लाग्न उनले आग्रह गरे । उनले युवालाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन पनि आग्रह गरे ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन २१, १४: २८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन २१, १४: २८

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २१, १४: २८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...