
काठमाडौं । संविधानले दिएको अधिकार बमोजिम नै राज्यका हरेक अङ्गहरु चल्ने गर्छन, लोकतान्त्रिक शासन प्रणाली भएको देशमा । कुनै पनि अङ्गले आफ्नो अधिकारको प्रयोग गर्दा निरंकुस नबनोस भनेर शक्ति पृथकीकरणको सिद्धान्त अपनाईएको हुन्छ ।
यदी एउटा मात्र अङ्गले अधिकारको दुरुपयोग गर्यो वा आफ्ना सीमाभन्दा वाहिर गएर काम गरे अर्को अङ्गले नियन्त्तण गर्नु पर्छ ।
तर, काठमाडौं महानगरपालिकाले संविधान र कानूनले दिएको अधिकारभन्दा वाहिर गएर महानगरका विकास र योजनामा सहयोग गर्न र सुरक्षा सहायकको काम गर्न भनी जिम्मेवारी भएका नगर प्रहरीले आफूलाई सुरक्षाकर्मी ठानेर अनावश्यक बल प्रयोग गर्ने गरेका छन् ।
राज्यले शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीलाई जिम्मेवारी दिएको छ । भौतिक संरचना, अति विशिष्ट व्यक्तिको सुरक्षा र राजश्व चुहावट नियन्त्रण तथा सीमा सुरक्षाको जिम्मेवारी शसस्त्र प्रहरीलाई दिएको छ ।
अनि समग्रह देशको सीमा र नागरिकको सुरक्षा तथा दैवी विपत्तिमा उद्धार र रक्षाको काम नेपाली सेनाले गर्छ । तर केही वर्षयता काठमाडौं महानगर पालिकाले भने आफ्नो छुट्टै प्रहरी राखेर कानून हातमा लिने गरेको पाइन्छ।
राज्यकै निकाय भए पनि राष्ट्रिय अनुसन्धान विभागले हतियार देखाउँदै वा जनशक्ति देखाउँदै बल प्रयोग गर्दैन । नेपाल प्रहरीकै कतिपय जिम्मेवारी पाएका निकायले सार्वजनिक रुपमा सर्बसाधरणमाथि बल प्रयोग गर्दैनन् ।
तर एउटा हातमा लिएको लाठीले नगरवासी कसैले गल्ती कमजोरी गर्यो भन्दै निर्घात कुटपिट गर्ने अधिकार नगर प्रहरीसँग हुने कुरै भएन ।
गत फागुन १६ गते बुधबार काठमाडौं महानगरका प्रहरीहरुले साँझ फुटपाथमा व्यवसाय गर्नेहरुलाई हटाउने नाममा निर्घात कुटपिट गरी मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको छ । त्यति मात्र होइन, सडक पेटीमा हिँड्नेहरु पनि नगरप्रहरीबाट असुरक्षित हुन थालेका छन् ।
त्यसमा पनि संचारकर्मीमाथि नै आक्रमण भएको छ । बुधबार साँझ फुटपाथ व्यापारमा प्रतिवन्द लगाउने नाममा एक निहत्था महिलालाई एक दर्जन महानगर प्रहरीले घेराहाली चुल्ठो समाएर घिसार्दै पिट्नेदेखि पत्रकार परिचय पत्र देखाउँदा समेत खुट्टा भाँचिने गरी कुटपिटमा महानगरप्रहरी उत्रिएको देखिनु दुःखद घटना हो ।
वुधवार सुन्धाराबाट सडक व्यापारीलाई हटाउने क्रममा पत्रकार पदमप्रसाद पोखरेलमाथि महानगर प्रहरीले गरेको आक्रमणप्रति संचारसम्वद्ध विभिन्न संघ संगठनले आपत्ति जनाएका छन् ।
महानगर प्रहरीले बल प्रयोग गरी सडक व्यापारीलाई हटाएको भिडियो खिचिरहेका पदम प्रसाद पोखरेलले परिचय पत्र देखाउँदा समेत कुटपिट, धरपकडर परिचयपत्र मोबाइल फोन, क्यामेरा ल्यापटप, अन्य कागजात जफत गरे ।
ट्रमा सेन्टरमा उपचारपछि आराम गरिरहेका पत्रकार पोखरेलले आफ्ना संचार सामग्री फिर्ता गर्न माग गर्दा समेत महानगर प्रहरीले अटेरी गरिहेको छ ।
यस्तो अवस्थामा महानगर प्रहरीले संचारकर्मीको स्वतन्त्र रुपमा पेशा गर्ने अधिकारलाई त बन्देज लगाउन खोज्दछ भने सर्बसाधरण निमुखा जनताको जफत गरेको सम्पति कति दुरुपयोग गर्यो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
प्रहरी लगाएर महानगरवासीमाथि दमन गर्ने र हिंसा गर्ने हर्कतले महानगरवासीको मानवअधिकारको गम्भीर उल्लङ्घन भएको छ ।
भोलीका दिनमा कुनै व्यक्तिले कानूनी उपचार खोज्यो भने फन्दामा पर्ने अराए गरेका महानगर प्रहरीका जवान वा कर्मचारी होयन महागर प्रहरी प्रमुख र महानगरका मेयर बालेन शाह नै हुन् ।
नागरिकको मन जित्न हिंसा र बल प्रयोग गरेर सम्भव छैन । उनीहरुलाई रोजगारी वा व्यवसायको बैकल्पिक उपाय देखाउनु बुद्धिमानी हुनेछ । हिंसा र कानून हातमा लिएर नागरिकको सम्पति जफत गर्ने कार्यले महानगरवासीको मत एक पटक जिते पनि मन जित्न सकिन्न । (नयाँ विकल्प साप्ताहिक)
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...