ट्रेड युनियन कांग्रेसको ७८ औं स्थापना दिवस मनाइँदै – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ट्रेड युनियन कांग्रेसको ७८ औं स्थापना दिवस मनाइँदै

काठमाडौं । विराटनगर जुटमिल आन्दोलनको जगमा स्थापित नेपालको सबैभन्दा पुरानो श्रमिक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आज देशभर ७८औं स्थापना दिवस मनाउँदै छ ।
नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेलेको ट्रेड युनियन कांग्रेसले आम श्रमिकको हक, अधिकारका क्षेत्रमा काम गर्दै आइरहेको छ ।

श्रमिकको योगदानले नेपालमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्तामा पुगेपछि राजनीतिक दल श्रमिकको मुद्दामा गम्भीर हुन नसकेको ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए ।

‘व्यवस्था परिवर्तन भए पनि श्रमजीविको अवस्थामा परिवर्तन भएको छैन । अझै धेरै ठाउँमा न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम ऐन प्रभावकारी लागू भएका छैनन्’, उनले भने, ‘राज्यले रोजगारी सिर्जना गर्न नसक्दा लाखौँ युवाहरु जोखिमयुक्त काम गर्न विदेशिनु परेको छ ।’

युद्ध, आर्थिक मन्दी, महामारी, जलवायु परिवर्तन, बौद्धिक कृत्रिमता, व्यवस्थित श्रम बजारको अभाव, गिग र डिजिटल अर्थतन्त्रलगायत कारणले श्रमिकमा थप चुनौती थपिएको नेपाल ट्रेड युनियनले जनाएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले ७८औं स्थापना दिवसका अवसरमा एक विज्ञप्ति जारी गरी देशभरका सम्पूर्ण श्रमजीवी, सरोकारवाला एवं शुभचिन्तकमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।

यस अवसरमा श्रमिक आन्दोलनका अग्रज नेतृत्वलाई सम्मानसहित स्मरण गर्दै श्रमिक आन्दोलनसँगै विभिन्न लोकतान्त्रिक आन्दोलनमा जीवन आहुति गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धासमेत व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन २१, १६: ४८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २१, १६: ४८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २१, १६: ४८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...