साफ यू-१६ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको फराकिलो जित – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

साफ यू-१६ च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको फराकिलो जित

काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जीत दर्ता गरेको छ ।

जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ३–० गोलले पराजित गरेको हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा तीनै गोल नेपालले पहिलो हाफमा गरेको थियो ।

नेपालका लागि १४औं मिनेटमा बक्तिका कार्की, १८औं मिनेटमा भूमिका बुढाथोकी र ३१औं मिनेटमा ग्याल्सु डोल्मा लोले गोल गरेका हुन् ।

दोस्रो हाफमा भुटानले केही सुधारिएको खेल पस्किए पनि गोल भने फर्काउन सकेन । नेपालले समेत केही अवसर गुमाएको थियो ।

लिगको आफ्नो अन्तिम खेलमा नेपालले बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

चार टोली सहभागी च्याम्पियनसिपमा राउण्ड रोविनपछि शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। फाइनल खेल २७ गते हुनेछ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन २१, १६: ५७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २१, १६: ५७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २१, १६: ५७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...