शौचालय गएकी बालिकाको निर्मम हत्या – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

शौचालय गएकी बालिकाको निर्मम हत्या

विराटनगर । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया बालिकाको हत्या भएको छ ।

पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित मामाको छोरा दाज विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो ।

बालिकाको घर भने खोटाङको अ‍ैसेलुखर्क–६ मा हो । दुई वर्षदेखि दाजुको घरमा बसिरहेकी उनी पथरी मै रहेको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

प्रहरीका अनुसार सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार उनी बस्ने घर बाहिर शौचालय छ । कोठाबाट शौचालय जाने क्रममा हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दाहालले बताए । हत्याको कारण र संलग्नको पहिचान भने भएको छैन ।

‘राति शौचालय जानका लागि निस्कएकी उनी कराएको सुनेर घरमा मान्छे उठेका रहेछन्, शौचालय घरको पछाडिपट्टि टिनले बेरेको कम्पाउन्डभित्र छ,’ दाहालले भने,’ शौचालय जाने क्रममा धारिलो हतियार गर्धनमा प्रहार भएको देखिन्छ ।’

बालिका कराएको सुनेपछि घरका सदस्य बाहिर निस्कदा छटपटाइ रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘बालिका कराएको सुनेपछि बाहिर निस्कदा परिवारका सदस्यले शौचालय छेउमा छटपटिरहेको देखेछन्,’ उनले भने,’ प्रहरीलाई खबर गर्दागर्दै बालिकाको मृत्यु भयो ।’

योजनावद्ध रुपमा हत्या भए जस्तो देखिएको प्रहरीले बताएको छ । ‘घटनामा संलग्नता खुलेको छैन,’ दाहालले भने,’ सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छौं ।’

घटनास्थलबाट संकलन गरिएको सबुत प्रमाण लगायतलाई केलाएर अनुसन्धान अघि बढाउँदै हत्यामा संलग्नको खोजीमा प्रहरी जुटेको डीएसपी दाहालले बताए।

 

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २२, ११: ५१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २२, ११: ५१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २२, ११: ५१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...