
काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले तेस्रो र चौथो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका आसिफ शेख ४७ रन बनाएर आउट भए भने दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भएका हुन्।
नेदरल्याण्ड्सका माइकल लेभिटले आसिफलाई आउट गरेका हुन् भने भान देर गुग्टेनले दीपेन्द्रलाई आउट गरेका हुन् ।
यसअघि नेपालका कप्तान रोहित कुमार पौडेल २५ र कुशल भूर्तेल २० रनमा आउट भए।
टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...