
काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पाँँचौं विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्ल २६ रनमा आउट भएका हुन्। उनले ११ बलमा लगातार ३ छक्का हानेर २६ रन बनाए ।
उनलाई नेदरल्याण्ड्सका साइब्राण्ड एन्गलब्रेले आउट गरेका हुन्। यो यसअघि नेपालका दीपेन्द्र सिंह ऐरी १, आसिफ शेख ४७, कप्तान रोहित कुमार पौडेल २५ र कुशल भूर्तेल २० रनमा आउट भए।
टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...