घरेलु मैदानमा उपाधि जित्नबाट चुक्यो नेपाल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

घरेलु मैदानमा उपाधि जित्नबाट चुक्यो नेपाल

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भएको हो। १८५ रनको लक्ष्य नेदरल्याण्ड्सले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर गर्यो।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले अर्धशतक प्रहार गरे । उनले २९ बलमा ५४ र साइब्राण्ड एन्गलब्रेचले ४८ रन बनाए।

नेपालका लागि कुशल मल्लले ४ विकेट लिए पनि जित दिलाउन सकेनन् । दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ नेपालले पूरै ओभर खेलेर ८ विकेट क्षतिमा १८४ रन बनाएको थियो।

ओपनर आसिफ शेखले ४७ रन बनाए । उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । गुल्सन झाले २५ बलमा ३ छक्का प्रहार गर्दै ३४ रन बनाए ।

कुशल मल्लले ११ बलमा २६, कप्तान रोहित कुमार पौडेलले २५ र कुशल भूर्तेलले २० रन बनाए ।

नामिबिया समेत सम्मिलित सिरिजमा दुई खेल जितेर नेपाल फाइनलमा पुगेको थियो ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २२, १५: ०५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २२, १५: ०५

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २२, १५: ०५

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...