
काठमाडौं। कोरोना भाइरसका कारण नेपालमा एक हजार सात सय बढी संक्रमित भइरहेको अवस्थामा उनीहरुको उपचार भन्दा पनि क्वारेन्टाइनबाट संक्रमण फैलन थालेको पूर्वस्वास्थ्य मन्त्री तथा सांसद उमाकान्दा चौधरीले चेतावनी दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद चौधरीले तराई, मधेशमा निर्माण भएको क्वारेन्टाइनहरु बिश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मापदण्ड विपरित निर्माण भएका कारण क्वारेन्टाइनमा सुरक्षीत बसेकाहरु नै असुरक्षीत हुन थालेको दाबी गरे ।
मधेशमा निर्माण भएका क्वारेन्टाइनहरु अव्यवस्थित र बिश्व स्वास्थ्य संगठनको मापदण्ड विपरितको भएका कारण क्वारेन्टाइनमा बसेकाहरुमा नै कोरोनाको संक्रमण फैलिएको दाबी गर्दै सांसद चौधरीले तत्काल पिसिआर प्रविधिबाट कोरोना संक्रमणको परिक्षण बढाउन आग्रह गरे ।
अव्यवस्थित र मापदण्ड विपरितका क्वारेन्टाइनका कारण जनतामा अनाहकमा संक्रमण फैलन सक्ने भन्दै सांसद चौधरीले कोरोनाका कारण प्रभावित भएका समुदायलाई राहत, उद्धार र नमुना परिक्षण नगरेमा तराई मधेशका जनताको रोग र भोकले ज्यान जान सक्ने खतरा रहेको चेतावनी दिए ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसद डा. अमरेसकुमार सिंहले कोरोना संक्रमणको समयमा विपतिमा परेका जनताको उद्धार, राहत, सहायता र व्यवस्थापनको लागि गृह मन्त्रालय मातहतमा विपत व्यवस्थापन गर्ने निकाय भए पनि सेना परिचालन गरेर सरकारले संविधान विपरित काम गरेको आरोप लगाए ।
सांसद डा. सिंहले सुरक्षा परिषद्को सिफारिसमा मन्त्रीपरिषद्ले मात्र सेना परिचालन गर्न सकिने अवस्था भए पनि कोरोना संक्रमण नियन्त्रणको नाममा नेपाली सेनलाई खटाइएको भन्दै विश्वको कुनै पनि देशमा सेना परिचालन नभएको तर्फ सरकारको ध्यानाकर्षण गराए ।
सांसद गगन कुमार थापाले संविधानमा समानता, न्याय, छुवाछुत गर्न नपाइने, आत्मसम्मानसाथ बाँच्न पाइने अधिकार भए पनि पश्चिम रुकुमको सोतीमा दलित युवामाथि भएको क्रुर नरसंहारको घटनालाई ढाकछोप गर्न सहायक कारणहरु देखाउँदै भवितव्य हो भनेर उच्च जातिय अहंकार देखाएर ढाकछोप गर्न लागेको आरोप लगाए ।
सांसद थापाले लकडाउनको समय शुरु भएपछि देशमा ३२ जनाको ज्यान गएको भन्दै त्यो लगायत रुकुम पश्चिमको घटनाको विषयमा अध्ययन र छानबिन गर्न संसदीय समिति गठन गर्न सभामुखको ध्यानाकर्षण गराए ।
काठमाडौँ : आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४...
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...