नेपाल र आयरल्याण्डबीचको टी–२० सिरिज खेल तालिका सार्वजनिक – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेपाल र आयरल्याण्डबीचको टी–२० सिरिज खेल तालिका सार्वजनिक

काठमाडौं। नेपाल र आयरल्याण्डबीचको खेल तालिका सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार आयरल्याण्ड वल्भ्सको आगामी नेपाली भ्रमणको तालिका सार्वजनिक गरेको हो। आयरल्याण्डले नेपालमा कुल ८ खेल खेल्नेछ।

आयरल्याण्डले नेपालमा ३ फरक सिरिज खेल्नेछ। पहिलो सिरिजमा नेपाली राष्ट्रिय टोली र आयरल्याण्डबीच मार्च २५ र २६ मा दुईवटा टी–२० खेल हुनेछ।

यसपश्चात आयरल्याण्डले बाँकी खेलमा नेपाल ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो टी–२० सिरिजमा नेपाल ‘ए’ र आयरल्याण्डबीच ३ वटा खेल हुनेछन्।

नेपाल ‘ए’ र आयरल्याण्डबीच मार्च २८, मार्च २९ र मार्च ३१ मा प्रतिस्पर्धा हुनेछ ।

अन्तिम सिरिजमा भने नेपाल ‘ए’ र आयरल्याण्डबीच ३ खेलको एकदिवसीय सिरिज हुनेछ। पहिलो खेल ३ अप्रिल, दोस्रो ५ अप्रिल र तेस्रो ७ अप्रिलमा हुनेछ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० चैत्र २, १३: ४९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० चैत्र २, १३: ४९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० चैत्र २, १३: ४९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...