
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेपछि प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको छ ।
पहिलो बैठकमा समेत कांग्रेस सांसदहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । सो बीचमा भएका सहमतिका प्रयासहरु असफल भएपछि बसेको दोस्रो बैठकमा पनि कांग्रेस सांसदहरुले अवरोध पुर्याएका थिए ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । उक्त प्रस्तावलाई कार्यसूचीबाट हटाए संसदको बाँकी कारबाही अघि बढ्न दिने कांग्रेसको प्रस्तावमा सत्तारुढ दलका सांसदहरुले असहमति जनाएपछि संसद बैठकको कारबाही अघि बढ्न सकेन ।
दोस्रो बैठकमा सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएपनि कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
अब प्रतिनिधि सभाको बैठक आइतबार ११ः०० बजे सम्मलाई स्थगित गरिएको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...