प्रधानमन्त्रीद्धारा पोखरालाई पर्यटकीय राजधानी घोषणा – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रधानमन्त्रीद्धारा पोखरालाई पर्यटकीय राजधानी घोषणा

काठमाडौं । कास्कीको पोखरा आजदेखि औपचारिक रूपमा पर्यटकीय राजधानी बनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् ।

उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे ।

गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित विशेष अध्ययन समितिको प्रतिवेदनका आधारमा प्रदेश सरकारको फागुन २३ मा बसेको मन्त्रीपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । विभिन्न २० वटा इन्डिकेटरलाई मापदण्ड बनाएर पोखरालाई राजधानी घोषणा गरिएको कार्यक्रममा जानकारी गराइयो ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० चैत्र ४, १४: २३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० चैत्र ४, १४: २३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० चैत्र ४, १४: २३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...