नेपाल फलफुल थोक व्यवसायी संघको २६ औं साधारण सभा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शनिबार कीर्तिपुर स्थित बागबानी केन्द्रमा संघले आफ्नो २६ औं साधारण सभा सम्पन्न गरेको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले नेता पाण्डेले विषादीयुक्त फलफुल बिक्री वितरण भइरहेको प्रति व्यवसायीको ध्यानाकर्षण गराएका थिए । उनले फलफुलको गुणस्तर चेक गर्ने प्रयोगशाला व्यवसायी आफैले जुटाउन सक्ने सामाथ्र्य राख्नु पर्ने बताए ।
त्यसो त बाहिरी जिल्लाबाट फलफुल राजधानी भित्राइदा बालुवा बोक्ने ट्रकमा नभई फ्रिजवाला सवारी साधनमा ल्याउन सके त्यसले अनावश्यक फोहोर समेत न्यूनिकरण हुने उनको भनाई थियो । उनले, ‘नागढुङ्गा र साँगा चोकबाट भित्रने तरकारी बोक्ने गाडीलाई मात्र व्यवस्थित गर्न सके राजधानीमा ३० प्रतिशत फोहोर कम गर्न सकिने उनको भनाई थियो ।’ नेता पाण्डेले अब ५ वर्षको लागि स्थिर सरकार बन्ने भएका कारण छिट्टै देशले द्रुतगतिमा फड्को मार्ने भनाइ राखे । अझै पनि विदेशबाट थुप्रै फलफुल आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए ।
नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाले संघले गरेका क्रियाकलापका साथ आगामी वर्ष गरिने १३ बुदे कार्य योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा उल्लेख गरिए अनुसार तत्काल बजार व्यवस्थापनका लागि संघले जग्गा खरिद गर्नुपर्ने अवस्था देखिन्छ । उक्त समारोहमा संघका पदाधिकारीले सरकारले कृषि बजार ऐन अझै नल्याएको भन्दै कृषि बजार ऐनको माग गरेका थिए ।
नेपाल विशेष प्रकारको हावापानी तथा भूबनोट भएको देश भएका कारण फलफुल उत्पादनका लागि उपयुक्त स्थल भएतापनि पछिल्लो तथ्याङ्कले केरा ३० प्रतिशत, स्याउ १० प्रतिशत, सुन्तला ५० प्रतिशत, आँप ६० प्रतिशत र मेवा १० प्रतिशत मात्र उत्पादन भएको देखाएको छ । माग पुरा गर्न भारत, चीन तथा अन्य तेस्रो मुलुकबाट फलफुल आयात गरिन्छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा बन्द भएको छ।...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...