फलफुल व्यवसायी संघद्वारा कृषि बजार ऐनको माग – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

फलफुल व्यवसायी संघद्वारा कृषि बजार ऐनको माग

नेपाल फलफुल थोक व्यवसायी संघको २६ औं साधारण सभा नेकपा एमालेका नेता राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । शनिबार कीर्तिपुर स्थित बागबानी केन्द्रमा संघले आफ्नो २६ औं साधारण सभा सम्पन्न गरेको हो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै एमाले नेता पाण्डेले विषादीयुक्त फलफुल बिक्री वितरण भइरहेको प्रति व्यवसायीको ध्यानाकर्षण गराएका थिए । उनले फलफुलको गुणस्तर चेक गर्ने प्रयोगशाला व्यवसायी आफैले जुटाउन सक्ने सामाथ्र्य राख्नु पर्ने बताए ।

त्यसो त बाहिरी जिल्लाबाट फलफुल राजधानी भित्राइदा बालुवा बोक्ने ट्रकमा नभई फ्रिजवाला सवारी साधनमा ल्याउन सके त्यसले अनावश्यक फोहोर समेत न्यूनिकरण हुने उनको भनाई थियो । उनले, ‘नागढुङ्गा र साँगा चोकबाट भित्रने तरकारी बोक्ने गाडीलाई मात्र व्यवस्थित गर्न सके राजधानीमा ३० प्रतिशत फोहोर कम गर्न सकिने उनको भनाई थियो ।’ नेता पाण्डेले अब ५ वर्षको लागि स्थिर सरकार बन्ने भएका कारण छिट्टै देशले द्रुतगतिमा फड्को मार्ने भनाइ राखे । अझै पनि विदेशबाट थुप्रै फलफुल आयात गर्नुपर्ने अवस्था रहेको भन्दै उनले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए ।
नेपाल फलफुल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाले संघले गरेका क्रियाकलापका साथ आगामी वर्ष गरिने १३ बुदे कार्य योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा उल्लेख गरिए अनुसार तत्काल बजार व्यवस्थापनका लागि संघले जग्गा खरिद गर्नुपर्ने अवस्था देखिन्छ । उक्त समारोहमा संघका पदाधिकारीले सरकारले कृषि बजार ऐन अझै नल्याएको भन्दै कृषि बजार ऐनको माग गरेका थिए ।
नेपाल विशेष प्रकारको हावापानी तथा भूबनोट भएको देश भएका कारण फलफुल उत्पादनका लागि उपयुक्त स्थल भएतापनि पछिल्लो तथ्याङ्कले केरा ३० प्रतिशत, स्याउ १० प्रतिशत, सुन्तला ५० प्रतिशत, आँप ६० प्रतिशत र मेवा १० प्रतिशत मात्र उत्पादन भएको देखाएको छ । माग पुरा गर्न भारत, चीन तथा अन्य तेस्रो मुलुकबाट फलफुल आयात गरिन्छ ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
  • २०७४ पुष २४, ०८: ५७

प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
  • २०७४ पुष २४, ०८: ५७

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ पुष २४, ०८: ५७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...